कुमारी क्यापिटलमा निशुल्क डिम्याट खोल्न सकिने, यस्ता छन् सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 01:56:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले नयाँ योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि हुने बिश्वासका साथ क्यापिटलले निशुल्क डिम्याट योजना ल्याएको छ ।

डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहनु भएका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । योजना अनुसार सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निशुल्क हितग्राहीखाता खोल्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार वेबसाइट मार्फत अनलाइनबाट नै डिम्याट खाता खोल्न आवेदन दिन सकिने छ   । 

त्यस्तै क्यापिटलले निशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफु सँग भएको पोर्टफोलियो लाई निशुल्क estructuringRebalancing सेवा प्रदान गरिने, आफु सँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने लगायतका सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ । खाता सम्बन्धि समस्याहरु परेमा ग्राहकहरुले हट लाईनमा फोन गरि समस्याको यथासिघ्र निराकरण गर्न सकिने ब्यबस्था गरिएको क्यापिटलले उल्लेख गरेको छ ।

कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले अपिल समेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत क्यापिटलले अनुरोध गरेको छ ।

क्यापिटलका अनुसार यो योजना सिमित अवधिको लागि मात्र रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved