एनआईसी एसिया यसरी बन्यो बैंकहरुमै सबै भन्दा धेरै कमाउने बैंक, ब्याज आम्दानी नै ४० % ले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 08:43:09 AM मा प्रकाशित

एनआईसी एशिया बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कमर्शियल बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा बनेको छ। बैंकले गत बर्षको तुलनामा १५।६४ प्रतिशतले बढाएर १ अर्ब १८ करोड ६ लाख खुद नाफा आर्जन गर्दै कमर्शियल बैंकहरुमा सबै भन्दा बढी कमाउने बैंक बनेको हो। 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ।

मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसंगै बैंकको खुद नाफा पनि बढेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत तथा सञ्चालन मुनाफा १४.९३ प्रतिशतले बढेको छ। 

बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको भने बैंकको जगेडा कोष ११.३१ प्रतिशतले बढेर १० अर्ब ३९ करोढ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत २ खर्ब ७८ अर्ब पुगेको छ भने कर्जा ६.२६ प्रतिशत बढेर २ खर्ब ६४ अर्ब पुगेको छ। 

यस अवधिमा बैंकको नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved