एचआईडिसीएलले गर्यो गत बर्षको लाभांश घोषणा, नगद र बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 11:00:28 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कात्तिक १५ गते बसेको २४८ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई दिने लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशअनुसार ८ प्रतिशत बोनस सेयर रहेको छ भने ०।४२१ प्रतिशत नगद लाभांश रहेको छ। 

यस अवधिमा कम्पनीको चुक्तापुंजी १८ अर्ब ७ करोड रहेको छ। ८ प्रतिशत बोनस सेयर वितरण पश्चात एचआईडीसीएल को चुक्तापुंजी करिब १९ अर्ब ५६ करोड हाराहारी पुग्नेछ। 

प्रस्स्तावित लाभांश एचआईडीसीएल को आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात मात्रै सेयरधनीहरुमा वितरण हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved