विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 10:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त वित्तीय सँस्थाले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। लघुवित्तको हिजो अर्थात कात्तिक २९ गते बसेको १३९ संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-७८ बाट आफ्ना सेयरधनीहरुलाई २१।०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये २०।०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १।०५४ प्रतिशत नगद लाभांश रहेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

हाल लघुवित्तको चुक्तापुंजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ३२ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved