एनसीसी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 10:29:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श एनसीसी बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर १४ गते बसेको ८७३ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई ८।४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापुंजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। लाभांश वितरण पश्चात बैंकको चुक्तापुंजी ११ अर्ब नाघ्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved