श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 10:41:06 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। फाइनान्सको मङ्सिर १४ गते बसेको ३१० औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। 

फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी २७ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved