यी ३ संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिंदैछ लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 09:27:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत यी संस्थाहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। एभरेष्ट बैंक, शाहिन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय सँस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। 

एभरेष्ट बैंकले आफ्नो २७ औं बार्षिक साधारणसभा यहि पुष १ गते डाकेको छ। यसका लागि बैंकले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनिहरुले मात्रै एभरेष्ट बैकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

एभरेष्टले आर्थिक बर्ष २०७७-०७८ बाट १०।३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४।३२ प्रतिशत नगद लाभांश रहेको छ। साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। हाल एभरेष्टको चुक्तापुंजी ८ अर्ब ८९ करोड ३७ लाख रहेको छ। 

त्यस्तै शाइन रेशुन्गा डेभलपमेन्ट बैंकले यहि मङ्सिर २९ गते आफ्नो १३ औं बार्षिक साधरणसभा डाकेको छ। यसका लागि शाइनले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनिहरुले मात्रै साइनको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

शाइनले आर्थिक बर्ष २०७७-०७८ बाट ११।५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०।९३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०।५७ प्रतिशत नगद लाभांश रहेको छ।

साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुमा उक्त लाभांश वितरण हुनेछ। यस अवधिमा शाइनको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ। बोनस सेयर वितरण पश्चात चुक्तापुंजी ३ अर्ब ७८ करोड पुग्नेछ।  

त्यस्तै सबैको लघुवित्त वित्तीय सँस्थाले पुष ३ गते आफ्नो ५ औं बार्षिक साधरणसभा डाकेको छ। यसका लागि लघुवित्तले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मनिसर १६ अर्थात आजसम्म कायम सेयरधनिहरुले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लोन पाउनेछन। 

सबैको लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ बाट ३२।६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३१।०५ प्रतिशत बोनस सेयर र १।६३ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव साधरणसभाबाट पारित भए पश्चात सेयरधनिहरुमा लाभांश बिरारण हुनेछ। यस पटकको साधारणसभा निर्वाचन सहितको हुने हुनाले संस्थागत सेयरधनिहरुबाट ४ जना संचालक चयन हुनेछन्।  हाल लघुवित्तको चुक्तापुंजी २० करोड ६० लाख २७ हजार छ। लाभांश वितरण पश्चात चुक्तापुंजी २७ करोड पुग्नेछ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved