नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 10:45:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको  १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो। 

बीमा समितिले असोज ४ गते र अर्थ मन्त्रालयले मङ्सिर २० गते कम्पनीले  प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । बीमा समिति र अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृति पाएसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ । 

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved