सामुदायिक लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 12:30:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय विवरण पारित गरे स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । तर लाभांश भने प्रस्ताव गरेको छैन ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिमको अनुसूची र कर्जा नोक्सानी विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ प्रकाशित गर्न नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभागमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो । 

 साथै आगामी वार्षिक साधारण सभावाट नगद लाभांश, वोनस शेयर तथा हकप्रद शेयर वितरण गरिने कुनै प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट पनि लाभांश दिएको थिएँन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved