गुडविल फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 10:16:06 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १३ प्रतिशतले हुन आउने ११ करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७२ लाख रहेको छ  । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved