सिभिल बैंकको खुद मुनाफामा १५०% को छलाङ, मुख्य आम्दानि ५७% ले बढ्दा घट्यो खराब कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 09:01:35 AM मा प्रकाशित

laxmi sunrise bank

सिभिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगती गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा यस अवधिमा झन्डै डेढ सय प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ। 

यस अवधिमा बैंकले १४८.४२ प्रतिशतले नाफा वृद्धि गरि खुद मुनाफा २० करोड २८ लाखबाट ५० करोड ४० लाख पुर्याएको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा खुद मुनाफा ३० करोड १२ लाख रुपैयाँले बढाउँन सफल भएको छ। 

त्यस्तै यस आर्थिक बर्षको दोस्रो त्रैमासमा सिभिल बैंकसँग वितरण योग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ।  

त्यस्तै बैंकको निक्षेप गत आर्थिक बर्षको तुलनमा ३.४६ प्रतिशतले बढेर ९१ अर्ब ६९ करोड पुगेको छ भने कर्जा लगानी ५.५५ प्रतिशतले बढेर अर्ब ४२ करोड पुगेको छ। 

बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी गत आर्थिक बर्षको तुलनामा ५७.०३ प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ। भने संचालन मुनाफा पनि १७१.४६ प्रतिशतले बढेर २६ करोड ९७ लाखबाट ७३ करोड २२ लाख पुगेको छ।   

यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ६४ करोड रहेको छ भने रिजर्भ तथा सरप्लस २४ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ।

बैंकले व्यवसाय बिस्तार गरी आक्रामक रुपमा संचालन मुनाफा तथा खुद मुनाफा वृद्धि गरे खराब कर्जा अनुपात भने एकल अंक मुनि ल्याउन सफल भएको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा खराब कर्जा १.७० प्रतिशतबाट घटेर ०.९४ प्रतिशतमा ओर्लिएको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा, प्रति सेयर नेटवर्थ १२९ रुपयाँ ३९ पैसा तथा मुल्य आम्दानी अनुपात २१ दशमलब ८७ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved