समृद्धि फाइनान्सको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 10:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले आज फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । 

कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।  हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ  ।  हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।   

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved