अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 05:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावरले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बिहिबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

कम्पनीले १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्न अनुमति पाएको हो ।  कम्पनीले अपर चमेलिया आयोजनाको लागि  १ बराबार ०.३९३६३३ अनुपातले हुन आउने १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ।    

No photo description available.


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved