राष्ट्र बैंकको कारण दर्जन सँस्थाको सेयर कारोबार रोक्का, मारमा लगानीकर्ता (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 12:09:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत भएका झन्डै दर्जन संस्थाहरुको अझैं सेयर कारोबार सुचारु हुन सकेको छैन। मर्जर तथा प्राप्तिका कारण रोकिएको सेयर कारोबार महिनौं वित्दा पनि सुचारु हुन नसक्दा झन्डै दर्जन संस्थाका सेयर लगानीकर्ता मारमा परेका छन्। 

मर्जर तथा प्राप्तिका कारण यी संस्थाहरुको सेयर कारोबार नहुँदा एकातर्फ दोस्रो बजारमा लगानी गर्ने लगानिकर्ताले लाभ लिने अवसर गुमाईरहेका छन् भने अर्कोतर्फ नेपाल सरकारले पनि ठुलो राजश्व गुमाएको छ। 

सेयर बजार उकालो लाग्दाको अवस्थामा पनि यी संस्थाहरु कारोबारमा नआउँदा यी संस्थाका लगानीकर्ताहरु लाभ लिनबाट बन्चित मात्रै भएका छैनन्। बरु आवश्यक पर्दा जतिबेला पनि सेयर बिक्रि गरेर गर्जो टार्न सकिन्छ भने पूँजी बजारको सुन्दर पक्षलाई दिन प्रति दिन धूमिल बनाएको छ।  

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को दफा ६


बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा भएको कानुनी प्राधानका कारण मर्जर तथा प्राप्ति सम्झौता गरेका संस्थाहरु कारोबारमा आउँन नसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई बताए। त्यस्तै उनले विद्युत नियमन आयोगको निर्देशिकाको ब्यबस्थाको कारण हाइड्रो कम्पनीहरुको कारोबार रोकिएको बताए । 

मर्जर तथा प्राप्तिमा गएका संस्थाले राष्ट्र बैंकले तथा अन्य क्षेत्रको हकमा सम्बन्धित क्षेत्रको नियामक निकायले कारोबार गर्नलाई अनुमति दिएको पत्र पेश नगरेसम्म आफुहरुले रोक्का कारोबार फुकुवा गर्न नसक्ने नेप्सेका प्रवक्ता मुराहरीले स्पष्ट पारे। 

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले गाभ्न गाभिनका लागि सम्बन्धित संस्थाले आफ्नो विशेष साधारणसभाबाट नै कारोबार रोक्काको  अनुमती लिएकाले सोहिअनुसार निर्णय नहुँदासम्मको लागि कारोबार रोक्का हुने अवस्था बनेको बताएका छन्।

गाभ्न गाभिने उदेश्यले कारोबार रोक्का गर्ने प्रस्ताव नै सम्बन्धित संस्थाबाट आउने भएकाले जुन उदेश्यले रोक्का भएको हो त्यो पुरा नहुँदासम्म सम्बन्धित संस्थाको कारोबार रोक्का हुनु अन्यथा नभएको उनको भनाई छ। 

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत भएरपनि नेपाल राष्ट्र बैंकको कानुनी प्राबधानकै कारण हालसम्म ११ संस्थाको सेयर कारोबार रोक्का भएको छ।  यसरी कारोबार रोक्का हुनेमा तीन बाणिज्य बैंक, ४ लघुवित्त र दुई हाइड्रोपावर कम्पनी रहेका छन्।  यसरी कारोबार रोक्का रहनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, रिडी हाइड्रो, रैराङ हाइड्रो , नाडेप लघुवित्त, आंधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त र समाज लघुवित्त रहेका छन् ।  वोमी लघुवित्त र सुर्योदय लघुवित्तको भने केहि दिन अगाडीबाट मात्र  सुर्योदय वोमी लघुवित्तको नामबाट शेयर कारोवार सुरु भएको छ । 

मर्जर तथा प्राप्तिका कारणले सम्बन्धित संस्थाको कारोबार रोक्का भएको कारणले अधिकांश लगानीकर्ताले नेप्से र धितोपत्र बोर्डलाई दोष दिंदै आएपनि यसको मूल कारण नेपाल राष्ट्र बैंकको कानुनि प्राबधान भएको जानकारहरुको भनाई छ।  त्यस्तै हाइड्रोको हकमा विद्युत नियम आयोगको कानुन तथा बीमाको हकमा बीमा समितिको कानूनी प्रावधान रहेको छ ।

केहि विज्ञले भने मर्जर तथा प्राप्तिमा जाँदा कारोबार रोक्का नै गर्नु आवश्यक नरहेको बताउदै आएका छन् । एउटा रेकर्ड डेट कायम राखेर एक दिन मात्र बुक क्लोज गर्दा हुने र मर्जर प्रक्रिया सम्पन्न हुने अवधि भर कारोबार बन्द गर्नु आवश्यक नरहेको उनीहरुको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved