राप्ती हाइड्रोले जेठ २४ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 09:23:08 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने मुक्तिनाथ क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निश्कह्सं गर्ने छ । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved