इन्भेष्टमेन्टको शेयर कारोबार आजदेखि खुला, कारोबार खुले लगत्तै नेगेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 12:29:20 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेले आज जेठ १६ गतेदेखि लागु हुने गरि बैंकका आधारभूत शेयरधनीहरुको बाहेकको शेयर कारोबार फुकुवा गरेको हो। 

नेप्सेले बैंकलाई पठाएको पत्रमा भनिएको छ ' उपरोक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत त्यस कम्पनीको कम्पनी ऐन, २०६३ को दफा ५० को उपदफा (१) बमोजिमका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको धितोपत्रको कारोबार मिति २०७९/०२/१६ देखि फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारीको लागि अनुरोध छ।'

शेयर कारोबार फुकुवा भए लगत्तै कम्पनी शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता ३६७.७० रुपैयाँमा कारोबार भएको छ । बैंकको शेयरको खरिदकर्ता छैनन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जमा जाने सम्झौता गरेसंगै २०७८ बैशाख ३१ देखि लागु हुने गरि दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।

इन्भेष्टमेन्ट बैंकको कारोबार खुला भएपनि हिमालयन बैंकको कारोबार भने तत्कालको लागि रोक्का नै हुने छ । हिमालयनले पनि कारोबार फुकुवा गर्न सकिने बारेको राष्ट्र बैंकको पत्र ल्याएमा हिमालयनको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ  । 

हिमालयन बैंकको विशेष साधारणसभाले मर्जरमा नजाने निर्णय गरेसंगै दुवै बैंकको मर्जर प्रक्रिया भाडिएको थियो। दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने तयारीमा थिए  ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved