एभरेस्ट बैंकको बिशेष साधारण सभा आज, संचालक समितिलाई मर्ज तथा एक्विजिशनको अख्तियारी दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 11:35:47 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले आज बैशाख २० गतेको लागि बिशेष साधारण सभा डाकेको छ ।  बैंकले मर्ज तथा एक्विजिशनको लागि उपयुक्त प्रस्ताव आएको भन्दै उक्त प्रस्ताब पारित गराउन बिशेष साधारणसभा डाकेको हो । 

साधारण सभा प्रयोजनको लागि बैंकले बैशाख ११ गते बुक क्लोज गरेको थियो । बैशाख १० सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने छन् । 

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन साढे २ महिना मात्रै रहेको अवस्थामा संस्थापक सेयरधनीहरुले आफै पुंजी थप्नु पर्ने अवस्थामा बैंकले उक्त प्रस्ताब पारित गराउन बिशेष साधारणसभा डाक्नुलाई महत्त्वपूर्ण मानिएको छ। 

बैंकले गत फागुन ११ मा नै ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति लिनका लागि नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। बोर्डबाट प्रतिक्रिया प्राप्त भई उक्त हकप्रद प्रस्ताब स्वीकृतिको अन्तिम तयारिमा रहेको छ।  एभरेष्ट बैंकले वितरण गरेको बोनस सेयर नेप्सेमा सुचिकृत भएकै दिन धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाउने स्रोतले बताएको छ। हकप्रद तथा आकर्षक बोनस सेयर वितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याउने आशामा महँगोमा सेयर खरिद गर्नेहरुलाई भने बैंकको यस प्रस्ताबले भने झड्का दिएको छ।

बैंकले प्रवन्धपत्र नियमावलीमा अत्यावश्यक संशोधन तथा पुंजी संरचना समायोजन गर्नको लागि प्रस्ताव बिशेष साधारणसभामा लैजाने भएको छ। बैंकले हाल कायम रहेको संस्थापक ७० र साधारण तर्फको ३० प्रतिशत सेयर स्वामित्व अनुपातलाई संस्थापक ५१ तथा साधारण ४९ प्रतिशत बनाउने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। बिशेष साधारणसभामा १९ प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्ने, हकप्रद सेयर किन्नको लागि हक हस्तान्तरणको व्यवस्था गर्ने प्रस्ताब बिशेष साधारणसभामा लगिने भएको छ।

हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद बिक्रि तथा वितरणपश्चात बैंकको चुक्ता पुंजीमा १ अर्ब ५०  करोड थप हुने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९७ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

यो पनि : 

के एभरेष्ट बैंकको बिशेष साधारणसभाले २८ बाणिज्य बैंकलाई २७ मा झार्न खोजेको हो ?




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved