आरएसडिसी लघुवित्तको नाफा ४८ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा १० करोड ५८ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 08:17:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको खुद नाफा ४८.४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ को सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड १० लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको नाफा बढेर १२ करोड ५२ लाख पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा कम्पनीको नाफा पनि बढेको हो । कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रहेको छ ।

यस अवधिमा बैंकको सापटी ५१.१४ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड पुगेको छ भने कर्जा प्रवाह ५५.९६ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ भने रिजर्भमा २१ करोड ३ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.७९ रुपैयाँ, र प्रति शेयर नेटवर्थ १२६.१३ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved