
आर्थिक वर्ष ७८/७९ मा ग्लोबल आईएमई लघुवित्तको खुद नाफा १०.०५ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा २२ करोड ७६ लाखबाट बढेर २५ करोड ५ लाख पुगेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा २२ करोड ७६ लाख रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले बढेर ५६ करोड ७८ लाख पुगेको छ । यस अवधिमा कम्पनीको सापटी १.१० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड पुगेको छ भने निक्षेप ३८.४६ प्रतिशतले बढेर २ अर्ब ९६ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह ३३.७४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको खराबकर्जा २.६६ प्रतिशतबाट घटेर १.६४ प्रतिशत पुगेको छ ।
४४ करोड २५ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ४६ करोड ९ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४५ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८३.४२ रुपैयाँ रहेको छ ।