नेपाल इन्भेष्टमेन्ट बैंकको बाड्न मिल्ने नाफा २ अर्ब बढी, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 08:21:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १४.८३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकले ३ अर्ब ५५  करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा बढेर ४ अर्ब ८ करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले बढेर ५ अर्ब ९४ करोड पुगेको छ । बैंकले प्रोभिजनमा राखेको १ अर्ब ६० करोड रकम पनि फिर्ता गरेको छ । 

त्यस्तै बैंकको निक्षेप ५.८६ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह ०.४२ प्रतिशतले बढेर १ खर्ब ५७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा २.४६ प्रतिशतबाट घटेर १.४७ प्रतिशत कायम भएको छ । १८ अर्ब ३० करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १५ अर्ब ९६ करोड रहेको छ । 

यस अवधि बैंकको प्रति शेयर आम्दानी २२.३२ रुपैयाँ र प्रति शेयर नेटवर्थ १८७.२१ रुपैयाँ रहेको छ । हाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर प्रक्रियामा रहेका छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved