एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 05:42:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो । 

एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आ.व.२०७८/०७९ को लेखापरीक्षण कार्य आज सम्पन्न भएको हो। योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आ.व.२०७८/०७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४.२० %(अक्षरेपी चार दशमलव दुइ शून्य प्रतिशत) निर्णय गरेको का दरले हुन आउने रकम रु.३,१५,००,०००/-(रु. तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।  यस समबन्धि सूचना शुक्रबार राष्ट्रिय दैनिकमा प्रकाशन हुने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved