एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 08:06:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको छ।

योजनाको आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०७९/०५/०९ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ९९औं बैंठकले आर्थिक बर्ष २०७८/०७९ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.२०% (सात दशमलव दुई सुन्य प्रतिशत) प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।

क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।   सो मिति सम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांशका लागि योग्य मानिने छन् ।

“एनआईबिएल सहभागिता फण्ड” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित DP शुल्क कट्टी पछिको लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको क्यापिटलले जनाएको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account) मा यथासिघ्र इकाईहरु पठाईने क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved