नेप्सको साधारणसभा सम्पन्न, पहिलोपटक लाभांश बितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 04:49:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) को साधारणसभा सम्पन्न भएको छ । हात्तिसार स्थित आरन्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष रविन कुमार नेपालको अध्यक्षतामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले आर्थिक बर्ष २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिवेदन, एवं लेखा परिक्षकको प्रतिवेदनसहितको २०७९ अषाढ मसान्तको वासलात र मिति २०७८/०४/१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रबाह विवरण लगायत वित्तीयविवरणहरु छलफल पश्चात सभाले पारित गरेको छ ।

त्यस्तै कम्पनीले संचालन ईतिहासमा पहिलो पटक संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १०% का दरले हुन आउने रकम रु १,७६,००,००० (एक करोड छैहत्तर लाख रुपैयाँ) बराबरको नगद लाभांश (लाभांश कर समेत) साधारण सभाले पारित गरेको छ। 

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्सन ३.२) र पीसीआई पीन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । साथै, यस कम्पनीले १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved