सीवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 10:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी नेपाल लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  बितरण हुने छ । 

 कम्पनीले विद्यमान चुक्ता पुँजी रु. १२,१६,४१,८४०।- को बोनश शेयर बापत ३० प्रतिशतको हुन आउने रु. ३,६४,९२,५५१.११ र कर प्रयोजनको लागि नगद लाभाशं १.५८ प्रतिशतको हुन आउने रु. १९,२०,६६०.५८ गरी जम्मा रु. ३,८४,१३, २११.६९ शेयरधनीहरुलाई वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकसंग स्वीकृती माग गर्ने र स्वीकृती पश्चात आगामि साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय गरेको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved