साधना लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 10:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  बितरण हुने छ । 

कम्पनीले निम्न बमोजिमको लाभांश प्रस्ताव गरेको हो : 

बोनश शेयर : २०७९ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुने रकम रु. ६,१०,३२,८४५.०० (अक्षरेपी छ करोड दश लाख बत्तीस हजार आठ सय पैतालिस रुपैया मात्र)

नगद लाभांश : २०७९ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको १ प्रतिशतले हुन आउने रकम रु. ३२,१२,२५५ (अक्षरेपी बत्तीस लाख बाह्र हजार दुई सय पचपन्न रुपैया मात्र)

कुल लाभांश : २०७९ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको २० प्रतिशतले हुने रकम रु ६,४२,४५,१००/- (अक्षरेपि छ करोड बयालिस लाख पैंतालिस हजार एक सय रुपैंया मात्र) बोनश शेयर र कर प्रयोजनार्थ प्रस्ताव गरिएको नगद लाभांश समेत । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved