शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 08:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन रहेको छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि पुस १२ देखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र पस्तावित लाभांश पाउँन सक्ने छन् । 

 कम्पनीले पुस २५ गते सोमबार रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् ।  बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पनि पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved