हिमालयन बैंकको साधारणसभा सम्पन्न, मर्जरपछिको चुक्ता पुँजी २१.६५ अर्ब हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 06:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडको तीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ । बैंक तथा सभाका अध्यक्ष  श्रेष्ठले साधारण सभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको लागि प्रस्तुत गरेका थिए।  

आजको साधारणसभाले आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८% बोनस शेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११ % नगद लाभांशले (कर सहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारणसभाले  बिजय बहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण शेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।

सो साधारण सभाबाट हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई (Swap Ratio 1:0.8028) १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता शेयर पाउने) शेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित भएको बैंकले जनाएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात “हिमालयन बैंक लिमिटेड” कै नाममा एकिकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी रु २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी रु. २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष रु ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved