प्राइम कमर्सियल बैंकको साधारणसभा सम्पन्न, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 08:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा आज शुक्रबार साधारणसभा सम्पन्न भएको हो । 

सभाले आर्थिक बर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% (चार प्रतिशत)का दरले बोनस शेयर दिने निर्णय साधारणसभाले पारित गरेको छ । चुक्ता पूँजीको ४% (चार प्रतिशत) का दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ,  उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद २ मा  प्रचण्डमान श्रेष्ठ र  मनोज पौडेल निर्वाचित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved