नेशनल माइक्रोफाइनान्सले ३८.५ प्रतिशत बोनस दिने, नेप्सेले गर्यो कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 01:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आज माघ ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले   हाल कायम चुक्ता पूँजी  अन्ठाउन्न करोड छैसट्टी लाख चौहत्तर हजारको ३८.५ प्रतिशतले हुन आउने बाइस करोड अन्ठाउन्न लाख उनन्सत्तरी हजार आठ सय रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले  २०७८ / ०३ / ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।

कम्पनीले लाभांशको विवरण नेप्सेमा पठाएलगत्तै नेप्सेले कम्पनीको कारोबार रोकेको छ । कम्पनीले कारोबार समयमा लाभांशको विवरण पठाएकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोकेको हो । लाभांश बारेको निर्णय कारोबार खुल्नु अघि पठाउनु पर्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved