न्यादी हाइड्रोपावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 02:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ६ गते बबरमहल स्थित कार्की ब्यान्क्वेटमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ देखि चैत्र ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ / ०७९ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
३. लेखापरीक्षण समितिको सिफारिस अनुसार आ.व. २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित दुई जना संचालकहरुको निर्वाचन गर्ने ।
५. विविध |

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved