सिभिल लघुवित्तको साधारणसभा आह्वान, शेयर संरचना परिवर्तन गर्न प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2023 | 08:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्तले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले फागुन २९ गते त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १३  गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
 
सामान्य प्रस्तावहरुः

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, मिति २०७८/०४/०१ गतेदेखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम चुक्ता पूँजी रु.२८,८१,२४,४४१/६० को ०.५७८९ प्रतिशतको दरले रु. १६,६८,०८८/८७ (अक्षरेपी सोह्र लाख अठसट्ठी हजार अठासी रुपैयाँ र सतासी पैसा मात्र) बराबर नगद लाभांश ( बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । 

५. स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गर्ने ।

विशेष प्रस्ताव : 

१. सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. २८,८१,२४,४४१/६० को ११ प्रतिशतका दरले हुन आउने रकम रु. ३,१६,९३,६८८ / ५८ (अक्षरेपि तीन करोड सोह्र लाख त्रियानब्बे हजार छ सय अठासी रुपैयाँ र अन्ठाउन्न पैसा मात्र) बराबरको बोनस सेयर जारी गर्न स्वीकृत गर्ने ।

२. हाल कायम रहेको पूँजी संरचनामा संस्थापक सेयरधनीको तर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा सेयर स्वामित्व अनुरूप प्रतिनिधित्व व्यवस्था गर्ने ।

३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरुमा थप र संशोधन सम्बन्धी विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा समायोजनका लागि निर्देशन वा सुझाव आएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

४.कम्पनी ऐन, २०६३ को दफा १०५ मा भएको व्यवस्था बमोजिम संस्थाले आफ्नो नियमित व्यावसायिक कारोबारको सिलसिलामा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ ) को जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved