ङादी ग्रुप पावरको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 12:09:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २५ गते अनामनगर स्थित युनियन हाउसमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी  १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४.७५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

साधारण प्रस्ताव:

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) आ.व. २०७८ / ०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरि पारित गर्ने ।

(३) आ.व. २०७९/८० को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवम निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) आ.व. २०७८/७९ मा संचालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने ।

(५) कम्पनीले गरेका लगानीहरू स्वीकृत गर्ने।

(६) संचालकहरूको निर्वाचन गर्ने संस्थापक शेयरधनीहरूबाट ४ जना तथा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने) ।

 विशेष प्रस्तावहरू:

(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता शेयरपुँजी रु.१,७६,७३,२१,०००/- ( एक अर्व छयहत्तर करोड त्रिहत्तर लाख एकतीस हजार) को ५ प्रतिशत लाभांश (४ ७५ प्रतिशत बोनश शेयर तथा ०.२५ प्रतिशत नगद लाभाश (बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि स्विकृत गर्ने ।

(२) बोनस शेयर जारी पश्चात पूँजी वृद्धि गर्न प्रवन्ध पत्र, नियमावली संशोधन गर्ने ।

(३) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved