सबैको लघुवित्तको साधारणसभा आह्वान, यी हुन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 10:32:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २६ गते बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र ०.९५  प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव: 

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब. २०७८ / ७९ सम्मको सचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २५,००,००,०००/ को ०.९५ प्रतिशत ले हुन आउने रकम रु. २५,५७,८९४ ७४ (अक्षरेपी पच्चिस लाख सन्ताउन्न हजार आठ सय चौरानब्बे पैसा चौहत्तर मात्र) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर वापतको रकम) वितरण गर्न स्वीकृत गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७९/८० को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालका लेखापरीक्षक श्री श्रेष्ठ एण्ड न्यौपाने एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको ।

विशेष प्रस्ताव: 

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब. २०७८ / ७९ सम्मको सचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २५,००,००,००० को १८ प्रतिशतले हुन आउने रकम रु.४,८६,००,०००/०० (अक्षरेपी चार करोड छयासी लाख) बराबरको बोनस शेयर वितरण गर्न स्वीकत गर्ने ।
 
२) यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (क), (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

(३) यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा वढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ति (Acquisition) गर्ने वा शाखा खरिद गर्न समझदारी पत्र (Memorendum of Understanding ) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वको मूल्यांकन प्रतिवेदन ( Due Dilligence Audit Report ) तयार गर्न परामर्शदाता, मूल्यांकन कर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ती सम्बन्धि प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पूरा गरी अन्तिम स्वीकृती लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

४) वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरूप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved