नेशनल हाइड्रोले लाभांश नदिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 09:15:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रो पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३ गते शुक्रबार आर्थिक वर्स ७८/७९ को साधारणसभा आह्वान गरेको हो

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षको आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने।

२. लेखापरिक्षकको प्रतिबेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह विवरणसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने ।

३. आ.व. २०७९/०८० को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. विविध |

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved