अपि पावरको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 09:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण  सम्पन्न भएको छ । कम्पनीले आज आइतबार १९ औँ वार्षिक साधारण सभा गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । यसका साथै, सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरेको छ ।  कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ ।

त्यसैगरी, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved