साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा आह्वान , यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 09:16:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १० गते आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र  ५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।


साधारण प्रस्ताव :

१. ५६ औं वार्षिक साधारण सभाका लागि आर्थिक वर्ष २०७८ / २०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८/२०७९ को लेखापरीक्षकको प्रतिवेदन सहित सोही आ.व. को वासलात, नाफा/ नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०७९ / २०८० को वित्तिय विवरण लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने । 

४. सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतका दरले नगद लाभांश बापत् रु. १,२६,७६,५६०/- वितरण गर्न स्वीकृत गर्ने । ( बोनस शेयर तथा नगद लाभांशको करकट्टी नगद लाभांशबाट कट्टी गरी भुक्तानी गरिनेछ )

५. सञ्चालकहरुको बैठक भत्ता र भ्रमण भत्ता लगायत अन्य सुविधा सम्बन्धमा ।

६. सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ७ (सात) जनाको निर्वाचन गर्ने। 

विशेष प्रस्ताव :

१. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कर्पोरेशनको हालको चुक्ता पूँजीको १० प्रतिशतले हुने रकम रु. २,५३,५३,११९/- बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२. कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृत उपर छलफल गरी पारित गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved