आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 09:47:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ६ गते सोमबार साधारणसभा आह्वान गरेको हो  । 

सभामा आईपिओ निष्काशन गर्ने सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । सभामा सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने भएको हो।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

सामान्य प्रस्तावहरु 

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७८/०७२ को वार्षिक प्रतिबेदन पारित गर्ने सम्बन्धमा ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा NFRS प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७२/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । वर्तमान लेखापरीक्षक श्री पि.वाई.सी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सको तेस्रो वर्ष भएकोले पुन: नियुक्ति सिफारिस सम्बन्धमा ।
विशेष प्रस्तावहरु :

(१) कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

(२) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धमा ।

(३) सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

(४) कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति गरेको सम्बन्धमा  ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved