स्वाभिमान लघुवित्तको साधारणसभा आह्वान , मर्जरमा जाने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 09:00:05 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वाभिमान लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ११ गते बुटवलमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र  १.०५२६  प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 सामान्य प्रस्ताव :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८ / ०७९को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

(३) आर्थिक वर्ष २०७९ / ०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) आ.व. २०७८ / ०७९ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको १.०५२६ प्रतिशतले हुन आउने रकम रू. १२,८१,९१७.३७ (बाह्र लाख एकासी हजार नौ सय सत्र र पैसा सैंतिस मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न स्वीकृत गर्ने ।

(५) रिक्त सञ्चालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे ।

विशेष प्रस्ताव :

(१) आ.व. २०७८/०७९ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम रू. २,४३,५६,४३० /- (दुई करोड त्रिचालिस लाख छपन्न हजार चार सय तीस) बराबरको बोनस शेयर जारी गर्न स्वीकृत गर्ने ।

(२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।

(३) प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने ।

(४) अन्य इजाजतपत्र प्राप्त 'घ' वर्गका वित्तीय संस्थासंग मर्जर (Merger ) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(५) संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved