शांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 09:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १७ गते लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ८.५३४ प्रतिशत बोनस शेयर र  ०.४४९ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ देखि चैत्र १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

साधारण प्रस्ताव 

१) अध्यक्षज्यूको मन्तब्य सहित आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब, अन्य विस्तृत विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने बारे ।

३) आर्थिक वर्ष २०७९/०८० को लागि डेभलपमेन्ट बैंकको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको हाल कायम चुक्ता पूँजी ३,०१,०६,६९,६६२/- को ८.५३४ प्रतिशत बोनस शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित हुँदा सो बोनस शेयर तथा कर प्रयोजनका लागि प्रस्तावित नगद लाभांश समेत गरी कुल लाभांशमा लाग्ने कर भुक्तानी प्रयोजनका लागि डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १,३५,२२,२१३.४०/- (अक्षेरुपी एक करोड पैंतीस लाख बाईस हजार दुई सय तेह्र र पैसा चालीस मात्र ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५) संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकको लागि निर्वाचन गर्ने ।

विशेष प्रस्ताव 

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु ३,०१,०६,६९,६६२/- (अक्षेरुपी तीन अर्ब एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बेसठ्ठी मात्र) को ८.५३४ प्रतिशत अर्थात रकम रु. २५,६९,२२,०५४.७१/- (अक्षेरुपी पच्चीस करोड उनान्सत्तरी लाख बाइस हजार चवन्न र पैसा एकहत्तर मात्र) को बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२) डेभलपमेन्ट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी रु ३,०१,०६,६९,६६२/- (अक्षेरुपी तीन अर्ब एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बैसठ्ठी मात्र) रहेकोमा वोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी रु ३,२६,७५,९१,७१६.७१/- (अक्षेरुपी तीन अर्ब छब्बीस करोड पचहत्तर लाख एकान्नब्बे हजार सात सय सोह र पैसा एकहत्तर मात्र ) पुयाउने प्रस्ताव पारित गर्ने ।

३) विशेष प्रस्ताव नं. (१), (२) पारित भए बमोजिम हुने गरी डेभलपमेन्ट बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्वन्धि प्रस्ताव पारित गर्ने ।

४) डेभलपमेन्ट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने । 

५ ) यस सांग्रिला डेभलपमेन्ट बैंक र अन्य ईजाजतपत्र प्राप्त उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्ने/गाभिने (Merger ) तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था (हरु) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorandum of Understanding ) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन ( Due Diligence Audit) गराउने, तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने सम्बन्धी कार्यको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved