मनकामना स्मार्ट लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ९ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 09:11:15 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते रुपन्देहीको होटेल पौवामा  सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र  ०.२५ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १ देखि चैत्र १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसाग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७९ / ०८० को लेखा परीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । 

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८ / ०७९ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१४,१७,४५,५००/- को ०.२५ प्रतिशतले हुन आउने रकम रु. ३,५४,३६३ / ७५ (अक्षरेपी तीन लाख चैवन्न हजार तीन सय त्रिसट्ठी पैसा पचहत्तर मात्र) नगद लाभांश ( वोनसे शेयरको कर प्रयोजनको लागि समेत) पारित गर्ने ।

५. संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको पद रिक्त रहेकोले सो रिक्त पदमा बाँकी कार्यकालकालागि संस्थापक समूहबाट संचालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव :

१. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८ / ०७९ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१४,१७,४५,५००/- को ४.७५ प्रतिशतले हुन आउने रकम रु.६७,३२,९११ / २५ (अक्षरेपी सतसठ्ठी लाख बत्तीस हजार नौ सय एघार पैसा पच्चिस मात्र) बराबरको बोनश शेयर जारी गर्ने ।

२. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) रोग) मा संशोधन गर्ने ।

३. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्थासंग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धी आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४ . वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved