धौलागिरी र खप्तड लघुवित्तको विशेष साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 09:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रस्ताव पारित गर्न खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले चैत्र ६ गते सोमबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।

खप्तडको साधारणसभा अत्तरियाको होटेल नमस्तेमा हुने छ भने धौलागिरीको साधारणसभा बाग्लुङको उपल्लोचौरमा हुने छ । दुवै कम्पनीको साधारणसभामा मर्जर समबन्धि ७ वटा विशेष प्रस्ताव पेश हुने छन् । दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए ।

दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् दुवै कम्पनीको साधारणसभामा पेश हुने प्रस्ताव:

१. धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षज्यूको प्रतिवेदन सम्बन्धमा ।

२. धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने प्रयोजनको लागि मुल्याँकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात (Share Swap Ratio) सम्बन्धमा ।

३. धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र (Memorandum of Understanding), सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकनप्रतिवेदन (DDA), मर्जर गर्ने सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने सम्वन्धमा ।

४. धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने प्रयोजनका लागि नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने सम्वन्धमा ।

५. एक आपसमा गाभिने (Merger) सँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायहरुबाट अन्तिम स्वीकृत लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।

६. प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन / थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।

७. धौलागिरी लघुवित्त वित्तीय संस्थालिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धी कार्य सम्पन्न गर्न सञ्चालक समिति लाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved