स्वरोजगार लघुवित्तको साधारणसभा आह्वान, यी हुन् ११ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 09:22:05 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र  १.१५७९ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ३० देखि चैत्र ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आ. व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०७९ / ०८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूंजी रु. ५१,४०,९९,१२१ /- को १.१५७९% ( नजिकको चार दशमलबमा) ले हुन आउने रु. ५९,५२, ७२७/- नगद लाभांश रकम (बोनश शेयरको कर प्रयोजनार्थ समेत) पारित गर्ने ।

५) संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तिन) जना संचालकहरुको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव:

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ सम्मको वितरणयोग्य मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु. ५१,४०,९९,१२१ /- को २२% को दरले हुने रु. ११,३१,०१,८०७/- बराबरको बोनस शेयर पारीत गर्ने ।

२) बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले वित्तिय संस्थाको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रवन्धपत्रमा संशोधन गर्ने ।

३) अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता संशोधन गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने ।

४) डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रबन्धपत्रको दफा ५ मा खण्ड (न) थप्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने ।

५) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (Memorendum of Understanding ) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता मुल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृती लिने, अन्तिम स्वीकृती पश्चात सो को कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।

६) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका दफा तथा नियमहरुमा गरिएको थप तथा संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट परिमार्जन वा संशोधन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक परिमार्जन, संशोधन वा फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved