जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 10:49:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र ९ गते  जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले  साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 कम्पनीले चैत्र २६ गते बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित होटेल न्यु इरामा साधारणसभा सभा आह्वान गरेको छ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र  ०.७८९५ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्तावहरू

१. सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक बर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. २०७९ अषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान वाँडफाँड हिसाव, इक्वीटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितको लेखा परिक्षण प्रतिवेदन तथा सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आर्थिक बर्ष २०७९ / ०८० को लेखापरीक्षण कार्यका लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक समेत निर्धारण गर्ने सम्बन्धमा ।

४. सञ्चालक समितिको प्रस्ताव बमोजिम कर प्रयोजनको लागि आ.व. २०७८ / ०७९ को मुनाफाबाट शेयर धनीहरुलाई २०७९ आषाढ मसान्तमा कायम रहेको संस्थाको चुक्ता पूँजी रु.१४,७९,०६,०००/- (अक्षरेपी रु. चौध करोड उनासी लाख छ हजार मात्र) को ०.७८९५ प्रतिशतले हुन आउने रकम रु ११,६७,६७९/- (अक्षरेपी रु. एघार लाख सड्सठ्ठी हजार छ सय उनासी मात्र) नगद लाभांश (बोनश शेयरमा लाग्ने कर प्रोजनार्थ) स्वीकृत गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरू 

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ को आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. १४,७९,०६,०००/- (अक्षरेपी रु. चौध करोड उनासी लाख छ हजार मात्र) को १५ प्रतिशतले हुन आउने रकम रु.२,२१,८५,९००/- (अक्षरेपी रु. दुई करोड एककाइस लाख पचासी हजार नौ सय मात्र) बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

२. संस्थाको अधिकृत पूँजी रु.२५,००,००,०००/- (अक्षरेपी पच्चिस करोड) बाट बृद्धि गरी रु.५०,००,००,०००/- (अक्षरुपी पचास करोड) पुऱ्याउने सम्बन्धमा ।

३. बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको वर्तमान जारी तथा चुक्ता पूँजीमा बृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्ता पूँजीमा बृद्धि गरि वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्न स्वीकृती प्रदान गर्ने सम्बन्धमा ।

४. संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन (थप / घट) गरी पारित गर्ने सम्बन्धमा ( तिन महले बमोजिम ) ।

५. संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट थपघट, परिवर्तन वा फेरवदल गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम थपघट, परिवर्तन वा फेरवदल गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

६. संस्थाले एक वा एक भन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने / गाभिने (Merger ) तथा प्राप्ती / समाहित (Acquisition) गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुको पहिचान गर्ने सहमतिपत्र (Memorandum of Understanding ) मा हस्ताक्षर गर्ने र सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन ( Due Diligence Audit) गर्न परामर्शदाता / मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य लघुवित्त वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खरीद तथा प्राप्ती गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

७. संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved