इन्साइडर ट्रेडिङ गरेको कसुरमा गुरु प्रसाद न्यौपाने विरुद्द अदालतमा मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 05:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले भित्री कारोवार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । चैत्र ८ गते बुधबार सरकारी जिल्ला वकिलको कार्यालयले उनी विरुद्द उद्दा दायर गरेको हो ।

रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले मुद्दा दर्ता गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

 निज उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई मुद्दा दायर भएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved