२ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 10:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र १२ गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेका सिक्लेस हाइड्रो र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । आज चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

सिक्लेस हाइड्रोले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत  (कर सहित) लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत्र २० गते साधारणसभा आह्वान गरेको छ  

त्यस्तै एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले चैत्र २० गते साधारणसभा आह्वान गरेको हो 

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved