ब्रोकर बिना नै शेयर कारोबार गर्ने व्यवस्था मिलाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 04:15:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले ब्रोकर रहित शेयर कारोबारको माग गरेका छन् । लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

‘ब्रोकर रहित कारोबर किन गर्न सकिएन ? हामी ब्रोकर रहित कारोबार हुने सुनिश्चित गर्न माग गर्दछौँ’ उनले भनेका छन् । 

उनले नेपालमा सेयर कारोबार गर्दा विश्वमै नभएको चर्को कमिशन लिने गरिएको भन्दै कमिशन घटाउन पनि माग गरेका छन् । 

‘हाम्रो कारोबारमा विश्वमै नभएको चर्को कमिसन किन छ ? किन प्रत्येक करोबारमा २५ प्रतिशत कमिशन तिर्नु पर्छ ?’ फुल्लेलले प्रश्न गर्दै भने, ‘कमिशन घटाउने काम कहाँ पुग्यो ? 

नेप्सेमा बैंक, इन्स्योरेन्स जस्तै अन्य क्षेत्रका कम्पनीहरुलाई ल्याउनुपर्ने पनि उनले माग गरेका छन् । 

‘नेप्सेमा किन अरु सेक्टर ल्याउन सकिएन ? तत्काल रियल सेक्टरका कम्पनी ल्याउन माग गर्दछौँ’ उनले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved