मर्जर प्रक्रियामा रहेको खप्तड लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 09:18:31 AM मा प्रकाशित

laxmi  sunrise bank

खप्तड लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १६ गते अत्तरियाको होटेल नमस्तेमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

हाल धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जर प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि यी दुई कम्पनीले एकिकृत कारोबार सुरु गर्ने छन् ।

यस्ता छन् खप्तड लघुवित्तको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा प्रस्तुत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहितको ०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा ११३ अनुसार आर्थिक वर्ष ०७९/८० को लागि लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा | कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक बस्याल एण्ड एशोसियट्स चार्टर्ड एकाउण्टेण्ट लाई पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।

४ ) यस बित्तीय संस्थाको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरु बाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन सम्बन्धमा ।

विशेष प्रस्ताव 

१) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।

२) बित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । 

३) खप्तड लघुबित्त बित्तीय संस्था लि. र धौलागिरी लघुबित्त बित्तीय संस्था लि. बीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर पश्चात बन्ने तदर्थ समितिमा सर्बसाधारणको तर्फबाट एक जना सञ्चालक पठाउने समझदारी भए अनुरुप उक्त तदर्थ समितिमा सर्बसाधारणको तर्फ बाट प्रतिनिधित्वको लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved