४ दिनमै बिक्यो एनएमबि बैंकको ऋणपत्र, आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 08:37:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज चैत्र २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेकोमा ४ दिन मै पर्याप्त आवेदन परेपछि आज ऋणपत्र बिक्री बन्द गर्न लागेको हो ।

बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ४० लाख कित्ता मध्ये २४ लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि १६ लाख  कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार १६ लाख कित्ता मध्ये ८० हजार कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ४५ हजार कित्ताको लागि मात्र माग आएको छ । सोहि कारण ति योजनाहरुलाई छुट्याएर बाँकि रहेको ३५  हजार कित्ता सहित सर्वसाधारणलाई १५ लाख ५५ हजार कित्ता ऋणपत्र निष्काशन गरिएको बैंकले उल्लेख गरेको छ ।

 आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ  । 

बैंकले ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved