मर्जर प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 09:38:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले वैशाख १० गते विशेष साधारणसभा गर्न लागेका हुन् । 

यी दुई कम्पनी समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन लागेका हुन्। मर्जरपछि बन्ने कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त हुने छ ।  कम्पनीको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकमा रहने छ। कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौँ उपत्यका बाहिर हुने छ।  

दुवै कम्पनीको विशेष साधारणसभामा मर्जर सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने , मर्जर पछि बन्ने कम्पनीको नाम र कार्यालय पारित गर्ने, डिडिए रिपोर्टका आधारमा तय गरिएको १:१ को स्वाप पारित गर्ने, मर्जरको लागि हालसम्म भएका कार्य अनुमोदन गर्ने, मर्जर सम्बन्धि अन्य बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्। 

त्यस्तै मर्जरपछि एफपिओ निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन् । साधारणसभा प्रयोजनको लागि दुवै लघुवित्तले वैशाख ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । चैत्र ३० गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।   

यी दुई संस्थाबीच चैत्र १६ गते बिहिबार मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved