शेयर बजारमा आज देखिएको वृद्धि २०७९ साल कै दोस्रो उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 03:40:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । आज नेप्से सूचक ९२.२२ अंक अर्थात् ४.९३ प्रतिशतले बढेर १९६३.५५ को बिन्दुमा पुगेको छ । 

प्रतिशतको आधारमा आजको वृद्धि यो वर्ष कै दोस्रो उच्च हो । २०७९ असार १२ गते नेप्से सूचक  ५.१ प्रतिशतले बढेको थियो। त्यसपछि आज भएको ४.९३ प्रतिशतको वृद्धि यो वर्ष कै दोस्रो उच्च हो । 

अंकको आधारमा आजको वृद्धि २०७९ सालमा नेप्सेमा देखिएको तेस्रो उच्च वृद्धि हो। २०७९ साल बैशाख ११ गते नेप्से सूचक ९५.५२ अंकले बढेको थियो ।  त्यस्तै २०७९ असार १२ गते नेप्से सूचक ९४.९२ अंकले बढेको थियो । त्यसपछि आज २०७९ चैत्र २९ गतेको ९२.२२ अंकको वृद्धि यो वर्षको तेस्रो उच्च वृद्धि हो । 

आज कारोबारमा आएका २६७ कम्पनीका ६१ लाख ७ हजार ४ सय २५ कित्ता शेयर खरिद बिक्रीबाट १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७ सय ३२ रुपैयाँ ३४ पैसाको कारोबार भएको छ । 

आज शिवम सिमेन्टको सर्वाधिक ११ करोड ७१ लाखको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ६ करोड २९ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख, नबिल बैंकको ५ करोड ३३ लाख तथा अपि पावरको ४ करोड ८ लाखको कारोबार भएको छ । आज सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, र खप्तड लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक ६.८४ प्रतिशत बढेको छ भने विकास बैंक समुह ५.७४ र वाणिज्य बैंक समुह ५.४६ प्रतिशत बढेको छ । त्यस्तै लघुवित्त समुह ५.११ प्रतिशत बढेको छ । बैंक, विकास बैंक , फाइनान्स तथा लघुवित्तमा नै लगानीकर्ताको बढी आकर्षण देखिएको छ । आज कारोबारमा आएका मध्ये ३ वटा ऋणपत्र बाहेक सबैको शेयर मूल्य बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार अर्थतन्त्रको अवस्था सुधार हुदै गएको प्रतिवेदन सार्वजनिक गरेको र आज बुधबार वाणिज्य बैंकहरुले ब्याज घटाउने निर्णय गरेको समाचार आएपछि लगानीकर्ता उत्साहित हुँदा शेयरबजारमा उच्च अंकको वृद्धि देखिएको विश्लेषण ग्गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved